वि.सं. २०८३ चैत्र १५ बुधवार
सुदूरपश्चिम प्रदेश
लुम्बिनी प्रदेश
मधेश प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
कोशी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
लुम्बिनी प्रदेश
मधेश प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
कोशी प्रदेश
कर्णाली प्रदेश

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो। निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो। निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ […]

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

इसराइल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार भएको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यथाशीघ्र वार्ता गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। ‘प्रत्यक्ष वार्ताका लागि लेबननले पटक–पटक आग्रह गरेपछि हिजो मैले मन्त्रिपरिषद्लाई यथाशीघ्र प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको छु,’ नेतन्याहूले भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ। नेतन्याहूले लेबननसँग वार्ताको एउटा मात्रै एजेन्डा […]

हजारौँ जहाजको आवागमन हुने होर्मुजमा सीमित ट्यांकर

काठमाडौं । पश्चिम एसियामा जारी युद्धबीच विश्वको ऊर्जा ‘लाइफलाइन’ मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवागमन ठप्प प्रायः भएको छ । सामान्य अवस्थामा हरेक महिना करिब तीन हजार जहाज यो मार्गबाट गुज्रन्थे । पश्चिम एसियामा युद्ध सुरु भएयता हालसम्म २१ जहाज (ट्यांकर) मात्र यो बाटोबाट पार भएका छन् । विज्ञका अनुसार, स्थिति चाँडै सुधार नभए विश्वव्यापी तेल […]

१०८ मिनेटको सम्बोधनमा ट्रम्पले गरे जितको दाबी, आप्रवासनविरुद्ध कडा सन्देश

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गरेका छन् । घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उनको पहिलो कार्यकालकै सबैभन्दा लामो सम्बोधन बनेको छ […]

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, आत्मसमर्पण गर्दैनौँ : जेलेन्स्की

कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्‍याएका छन्।राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामको सर्तलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन्। पुटिनले हजारौँ सैनिकको बलिदान दिएर पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने […]

ग्रिनल्याण्डमा अमेरिकी ‘हस्पिटल शिप’ पठाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् । यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज […]

चीनले गोप्यरुपमा आणविक परीक्षण गरेको अमेरिकाको दाबी

काठमाडौं। चिनले गोप्यरुपमा आणविक विस्फोटक परीक्षण गरेको र ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लङ्घन भनेको छ । जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डिनान्नोले चीनले गोप्यरुपमा आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षण गर्ने तयारी गरेको जानकारीमा रहेको र […]

भारतमा सर्पदंशबाट वर्षेनी झन्डै ५० हजारले ज्यान गुमाउँदै

काठमाडौँ । भारतमा सर्पदंश एक गम्भीर स्वास्थ्य संकटका रूपमा देखा परेको छ । सरकारी तथ्यांकअनुसार हरेक वर्ष झन्डै ५० हजार भारतीय नागरिकको सर्पको टोकाईबाट ज्यान जाने गरेको छ । बीबीसीका अनुसार यो विश्वभर कूल सर्पदंश मृत्युमध्ये झन्डै आधा हो । केही अध्ययनहरूले सन् २००० देखि २०१९ को अवधिमा मात्र भारतमा १२ लाखको ज्यान गएको देखाएका […]

टि २० विश्वकपमा बढ्दो तनावः आइसीसीले बंगलादेशपछि पाकिस्तानलाई पनि बाहिर धकेल्ला ?

काठमाडौँ । पाकिस्तानले आउँदो शनिबारदेखि सुरु हुने टी–२० विश्वकपमा भारतविरुद्धको म्याच बहिष्कार गर्ने निर्णय लिएपछि क्रिकेट जगत तरंगित बनेको छ । पाकिस्तान सरकारले आइतबार भनेको छ कि उनीहरूको टोली विश्वकप प्रतियोगिता खेल्नेछ, तर भारतसँग प्रतिस्पर्धा गर्ने छैन । पाकिस्तानको वक्तव्य आउनासाथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णयमा पुनः विचार […]

चीनद्वारा अल्जेरियाका लागि उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । बिहान चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२ सी’ क्यारियर रकेटमार्फत प्रक्षेपण सम्पन्न भएको चिनयाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । रकेटले अल्जेरियाली उपग्रहलाई निर्धारित कक्षमा राख्न सफल भएको छ । यस उपग्रहको मुख्य उद्देश्य भूमि योजना, प्राकृतिक प्रकोपहरूको रोकथाम, जोखिम मूल्याङ्कन र प्रकोप व्यवस्थापनमा सहयोग […]

अभियानता महिलालाई अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी जानकारी

धनगढी । स्थानीय स्तरका अगुवा महिला अभियानताका लागि अन्तराष्ट्रिय मानव अधिकार संयन्त्रबारे जानकारी दिन आयोजित एक दिने तालिम धनगढीमा सम्पन्न भएको छ । दलित महिला संघ फेडोले कैलालीका विभिन्न पालिकामा गठन गरेका अगुवा तथा अभियानताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो । ‘सामाजिक विकृति, जातीय विभेद, लैंगिक विभेद लगायतका सवालमा सहजिकरण गर्न हामीले […]

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा ‘म्यारिज ब्यूरो’ सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले ‘म्यारिज ब्यूरो’ चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको उनले जानकारी […]

Ads Space Available Here

ट्रेन्डिङ