वि.सं. २०८३ चैत्र १५ बुधवार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो।

विज्ञापन

निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो। निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँ का दरले मूल्यवृद्धि गरेको हो।

विज्ञापन

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सयका दरले वृद्धि गरिएको छ। निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर छ का दरले वृद्धि गरिएको छ।

विज्ञापन

नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर दुई सय १९ पुगेको छ। त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर दुई सय सात पुगेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर दुई सय ५७ रुपैयाँ कायम गरिएको छ।

विज्ञापन

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ । आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

No data was found
यो पनि पढ्नुहोस

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

प्लास्टिक निशेध पछि फेरीदै धनगढीको स्वरुप

ट्रेन्डिङ