वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, आत्मसमर्पण गर्दैनौँ : जेलेन्स्की'
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्‍याएका छन्।

कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्‍याएका छन्।राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामको सर्तलाई पूर्ण रूपमा अस्वीकार गरेका हुन्।

विज्ञापन

पुटिनले हजारौँ सैनिकको बलिदान दिएर पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने माग राखेका थिए, जसलाई जेलेन्स्कीले आफ्नै जनता र भूमिलाई अलपत्र छाड्ने आत्मघाती कदमको रूपमा व्याख्या गरेका छन्। जेलेन्स्कीका अनुसार पुटिनले विश्वमा आफू अनुकूलको जीवनशैली थोपर्न खोज्दै तेस्रो विश्वयुद्धको सुरुवात गरिसकेका छन्।

विज्ञापन

रुसले डोनेत्स्क, खेरसन र जापोरेजियाका महत्त्वपूर्ण सहरहरू बुझाउनुपर्ने माग राखे पनि जेलेन्स्कीले ती क्षेत्रहरू ‘किल्ला’ भएको र त्यहाँका लाखौँ जनतालाई रुसी क्रूरताको भरमा छाड्न नसकिने प्रस्ट पारेका छन्। युद्धविरामले पुटिनलाई केही समयका लागि सन्तुष्ट पारे पनि त्यो केवल सैन्य शक्ति पुनर्गठन गर्ने मौका मात्र हुने र दुई-तीन वर्षभित्रै रुसले पुनः अर्को भीषण आक्रमण गर्ने जेलेन्स्कीको दाबी छ।

विज्ञापन

पुटिनलाई रोक्ने एक मात्र विकल्प तीव्र सैन्य र आर्थिक दबाब सिर्जना गर्नु नै रहेको उनले बताएका छन्।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ