वि.सं. २०८३ चैत्र १५ बुधवार
'‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ'

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा ‘म्यारिज ब्यूरो’ सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विज्ञापन

व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले ‘म्यारिज ब्यूरो’ चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

विज्ञापन

उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको उनले जानकारी दिए ।

विज्ञापन

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा अनुसन्धान जारी रहेको छ ।

विज्ञापन

उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको विभागले जनाएको छ ।

विज्ञापन

पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

No data was found
यो पनि पढ्नुहोस

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

ट्रेन्डिङ