२९ चैत, धनगढी । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन […]
धनगढी । धनगढी बजारमा फोहोर व्यवस्थापन प्रभावकारी नहुदा दुर्गन्ध बढेको थियो । मुख्य बजार क्षेत्रमै दुर्गन्धका कारण टिक्न सक्ने अवस्था थिएन । धनगढी उप महानगरपालिकाले फोहोर व्यवस्थापनको प्रयास गरेपनि त्यो प्रायाप्त हुनु सकेको थिए । प्लास्टिकको अत्याधिक प्रयोगका कारण जताततै फोहोर र अव्यवस्थित थियो । तर अहिले धनगढीको परिचय फेरिएको छ । फोहोर देखिने धनगढी […]
कञ्चनपुर । विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ । बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन […]
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।सार्वजनिक अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहाँका १० वटा क्षेत्रमा फराकिलो जित निकाल्दै प्रदेशकै पहिलो पार्टी बन्न सफल भएको छ। कैलाली जिल्लामा रास्वपाले ५ वटा सिटमा जित हासिल गरेको छ । नतिजाअनुसार कैलाली क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली […]
धनगढी । एक्सिस विद्याश्रम माध्यमिक विद्यालयको आयोजनामा ‘एक्सिस व्यवस्थापन महोत्सव–२०८२’ उत्साह, प्रतिस्पर्धा र सिकाइको उत्कृष्ट वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ। व्यवस्थापन विषयप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने तथा उद्यमशील सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रम विद्यालयका प्राचार्यको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा पुष्कर […]
कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन कञ्चनपुरमा सुरक्षात्मक प्रबन्ध कडाइका साथ लागू गरिएको छ। निर्वाचनलाई लक्षित गर्दै ड्रोन सञ्चालन र मदिरा बिक्री–वितरणमा अस्थायी प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार अनुमति लिएर सञ्चालनमा रहेका सबै ड्रोन फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म […]
कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेष गरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा […]
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम) मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु […]
धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत कैलाली जिल्लामा चार स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र–१ अन्तर्गत टीकापुर नगरपालिका भवन, क्षेत्र–४ अन्तर्गत गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ अन्तर्गत धनगढी उपमहानगरपालिका भवन तथा धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको हो। कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार […]
धनगढी। रास्वपाका सभापति रवि लामिछानेले कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन २१ गते बन्द गराइदिने बताएका छन् । धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाले जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा लेख्ने युगलाई अन्त्य गर्ने बताए । उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ । […]
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफूले देश र सुदूरपश्चिम बनेको सपना देखेको बताउँदै त्यो सपना आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् । बिज्ञापन कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै शाहल यस्तो बताएका हुन् । ‘बेली छकालै एउटा सुइना देख्या थे, सुदूरपश्चिम र देश बनेको,’ डोटेली भाषामै […]
धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर–१३ राजपुरमा रहेको सिर्जनशिल विद्या निकेतको तेश्रो बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार विद्यालयका सञ्चालक समिति अध्यक्ष तिर्थराज ओझाको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. खगेन्द्र वम प्रमुख अतिथी रहेका थिए । बार्षिकोत्सव कार्यक्रमाका अवसरमा सिर्जनशिल विद्या निकेतनले विद्यालयमा उत्कृष्ठ विद्यार्थी, अभिभावक […]