चीनले अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । बिहान चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२ सी’ क्यारियर रकेटमार्फत प्रक्षेपण सम्पन्न भएको चिनयाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
विज्ञापन
रकेटले अल्जेरियाली उपग्रहलाई निर्धारित कक्षमा राख्न सफल भएको छ । यस उपग्रहको मुख्य उद्देश्य भूमि योजना, प्राकृतिक प्रकोपहरूको रोकथाम, जोखिम मूल्याङ्कन र प्रकोप व्यवस्थापनमा सहयोग गर्नु रहेको छ ।
विज्ञापन
यो प्रक्षेपण चीनको लङ मार्च रकेट श्रृङ्खलाको ६२९औँ मिशनको हो । जसले चीनको अन्तरिक्ष प्राविधिक क्षमतामा निरन्तर उन्नति भएको सङ्केत गर्छ ।
विज्ञापन
यो प्रक्षेपण चीन र अल्जेरियाबीचको अन्तरिक्ष सहकार्यको पनि उदाहरण हो, जसले दुवै देशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0