वि.सं. २०८३ चैत्र १९ आइतवार
'भारतमा सर्पदंशबाट वर्षेनी झन्डै ५० हजारले ज्यान गुमाउँदै'

काठमाडौँ । भारतमा सर्पदंश एक गम्भीर स्वास्थ्य संकटका रूपमा देखा परेको छ । सरकारी तथ्यांकअनुसार हरेक वर्ष झन्डै ५० हजार भारतीय नागरिकको सर्पको टोकाईबाट ज्यान जाने गरेको छ ।

विज्ञापन

बीबीसीका अनुसार यो विश्वभर कूल सर्पदंश मृत्युमध्ये झन्डै आधा हो । केही अध्ययनहरूले सन् २००० देखि २०१९ को अवधिमा मात्र भारतमा १२ लाखको ज्यान गएको देखाएका छन् । ग्रामीण तथा गरिब समुदाय यसबाट सबैभन्दा बढी प्रभावित छन् । खेतीपाती गर्ने किसान, आदिवासी समुदाय र दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरू जोखिममा छन् ।

विज्ञापन

अस्पताल पुग्न ढिलाइ, खराब सडक, एम्बुलेन्सको अभाव र झारफुक तथा धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्तिले मृत्युदर अझ बढाएको छ । ग्लोबल स्नेकबाइट टास्कफोर्सको नयाँ प्रतिवेदनअनुसार भारतसहित ब्राजिल, इन्डोनेसिया र नाइजेरियामा गरिएको सर्वेक्षणमा ९९ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिभेनम ९विषनाशक औषधि० प्रयोग गर्न कठिनाइ भोगिरहेको बताएका छन् ।

विज्ञापन

अपर्याप्त तालिम, कमजोर पूर्वाधार र साइड इफेक्टको डरले पनि उपचारमा समस्या देखिएको छ । अहिले भारतमा उपलब्ध एन्टिभेनम केवल ‘बिग फोर’ सर्प—कोब्रा, क्रेट, रस्सेल्स भाइपर र स–स्केल्ड भाइपर—विरुद्ध मात्र प्रभावकारी छ ।

विज्ञापन

तर देशका विभिन्न क्षेत्रमा पाइने अन्य विषालु सर्पका लागि क्षेत्रअनुसारको एन्टिभेनमको अभाव छ, जसका कारण धेरै बिरामीले उपचारमा राम्रो प्रतिक्रिया नदेखाएको अध्ययनहरूले देखाएका छन् ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ