२९ चैत, धनगढी । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ ।
विज्ञापन
कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विज्ञापन
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो ।
विज्ञापन
गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
विज्ञापन
बोलेरो पिकअप र चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0