धनगढी । धनगढी उप-महानगरपालिकाले यस वर्षको आधारभूत तह परीक्षा (BLE) को नतिजाका आधारमा मयूर बोर्डिङ हाई स्कूललाई “उत्कृष्ट विद्यालय” का रूपमा सम्मान गरेको छ। उक्त सम्मानसँगै विद्यालय परिवारमा खुसी र गौरवको वातावरण छाएको छ। विद्यालयले हासिल गरेको यो उपलब्धि केवल उत्कृष्ट नतिजामा सीमित नभई विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासको समष्टिगत प्रतिफल भएको […]
२९ चैत, धनगढी । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन […]
काठमाण्डौ । सरकारले काठमाण्डौको मुख्य नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीका लागि लाग्ने शुल्क दर सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने दस्तुर तोकेको हो । मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो शुल्क […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो। निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो। निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ […]
इसराइल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार भएको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यथाशीघ्र वार्ता गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। ‘प्रत्यक्ष वार्ताका लागि लेबननले पटक–पटक आग्रह गरेपछि हिजो मैले मन्त्रिपरिषद्लाई यथाशीघ्र प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको छु,’ नेतन्याहूले भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ। नेतन्याहूले लेबननसँग वार्ताको एउटा मात्रै एजेन्डा […]
काठमाण्डौ । आउँदो वैशाख २ गतेदेखि शुरू हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्याउने काम भइरहेको छ । केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरू गरेकोमा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ । शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने दायित्वबमोजिम […]
काठमाण्डौ । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र […]
काठमाण्डौ । बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई सन्देशमार्फत रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा उहाँले प्रधानमन्त्री शाह नेतृत्वको सरकारसँग रूस–नेपाल सम्बन्ध विस्तार, मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावना अझ सुदृढ हुने विश्वास […]
धनगढी । धनगढी बजारमा फोहोर व्यवस्थापन प्रभावकारी नहुदा दुर्गन्ध बढेको थियो । मुख्य बजार क्षेत्रमै दुर्गन्धका कारण टिक्न सक्ने अवस्था थिएन । धनगढी उप महानगरपालिकाले फोहोर व्यवस्थापनको प्रयास गरेपनि त्यो प्रायाप्त हुनु सकेको थिए । प्लास्टिकको अत्याधिक प्रयोगका कारण जताततै फोहोर र अव्यवस्थित थियो । तर अहिले धनगढीको परिचय फेरिएको छ । फोहोर देखिने धनगढी […]
काठमाडौं । पश्चिम एसियामा जारी युद्धबीच विश्वको ऊर्जा ‘लाइफलाइन’ मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवागमन ठप्प प्रायः भएको छ । सामान्य अवस्थामा हरेक महिना करिब तीन हजार जहाज यो मार्गबाट गुज्रन्थे । पश्चिम एसियामा युद्ध सुरु भएयता हालसम्म २१ जहाज (ट्यांकर) मात्र यो बाटोबाट पार भएका छन् । विज्ञका अनुसार, स्थिति चाँडै सुधार नभए विश्वव्यापी तेल […]
धनगढी। आगामी SEE परीक्षालाई लक्षित गर्दै धनगढीको मयुर बोर्डिङ स्कूलका कक्षा १० का विद्यार्थीहरूले संकलन गरेको रकम दृष्टि फाउन्डेसन नेपाललाई नगद तथा नास्ता सामग्रीका रूपमा हस्तान्तरण गरेका छन्। यसरी विद्यार्थीहरूले देखाएको सहकार्य, संवेदनशीलता र सामाजिक उत्तरदायित्व अत्यन्तै प्रशंसनीय ठहर गरिएको छ। परोपकारी संस्थासँग मिलेर गरिएको सानो सहयोगले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पारेको र सामाजिक चेतना विकास […]
कञ्चनपुर । विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ । बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन […]