वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'टि २० विश्वकपमा बढ्दो तनावः आइसीसीले बंगलादेशपछि पाकिस्तानलाई पनि बाहिर धकेल्ला ?'

काठमाडौँ । पाकिस्तानले आउँदो शनिबारदेखि सुरु हुने टी–२० विश्वकपमा भारतविरुद्धको म्याच बहिष्कार गर्ने निर्णय लिएपछि क्रिकेट जगत तरंगित बनेको छ । पाकिस्तान सरकारले आइतबार भनेको छ कि उनीहरूको टोली विश्वकप प्रतियोगिता खेल्नेछ, तर भारतसँग प्रतिस्पर्धा गर्ने छैन ।

विज्ञापन

पाकिस्तानको वक्तव्य आउनासाथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णयमा पुनः विचार गर्न आग्रह गर्यो । यसबाट भविष्यमा पाकिस्तानलाई विभिन्न कठिनाइ पर्न सक्ने चेतावनीसमेत आइसीसीले दिएको छ ।

विज्ञापन

भारतविरुद्ध नखेल्ने निर्णय लिनुमा पाकिस्तानले कुनै पनि कारण खुलाएको छैन । यद्यपि, बंगलादेशलाई टि २० विश्वकपबाटै हटाउने आइसीसीको निर्णयप्रति पाकिस्तान असन्तुष्ट थिएन । यसैको प्रतिक्रियामा पाकिस्तानले बोल्ड डिसिजन लिएको अनुमान गरिएको छ । यो निर्णयले आइसीसी दवावमा परेको छ । साथै, पाकिस्तानलाई पनि गम्भीर असर पर्न सक्ने देखिन्छ ।

विज्ञापन

आईसीसीको खेल सम्बन्धी नियम (प्लेइङ कन्डिसन) को धारा १६–१०–७ अनुसार पाकिस्तानले २० ओभरमा शून्य रन बनाएको मानिने छ, जबकि भारतको एक पनि ओभर गणना हुँदैन । यसले गर्दा पाकिस्तानको नेट रनरेट अत्यन्तै खराब हुन्छ । बाँकी सबै खेल जिते पनि नेट रनरेट नकारात्मक रहन सक्छ ।

विज्ञापन

समूह–ए मा भारत र पाकिस्तानसँगै नामिबिया, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिका छन्। यदि पाकिस्तानले यी ३ मध्ये एउटा पनि खेल हार्यो भने टोली समूह चरणबाटै बाहिरिने खतरा छ ।

विज्ञापन

अघिल्लो विश्वकपमा अमेरिकाले पाकिस्तानलाई हराएर समूह चरणमै प्रतियोगिताबाट बाहिर पठाइदिएको थियो । अर्कोतर्फ नेदरल्यान्ड्स पनि आईसीसी प्रतियोगिताहरूमा ठूला उलटफेर गर्न परिचित टोली हो ।

प्रतिवन्धको समेत खतरा

पाकिस्तानी क्रिकेटप्रति आइसीसीको रवैया विगतदेखि नै त्यति सकारात्मक छैन । आइसीसीमा भारतीय क्रिकेट बोर्डको बलियो प्रभाव रहेको मानिन्छ । आइसीसीका अध्यक्ष जय साह बिसीसीआइका पूर्वसचिव हुन् । भारत र पाकिस्तानबीचको आपसी सम्वन्ध राम्रो नहुँदा आइसीसीले पनि पाकिस्तानलाई बारम्बार दुख दिइरहेको हुन्छ । अहिलेको प्रकरणमा पनि आईसीसीले पाकिस्तानप्रति कडा निर्णय लिनसक्ने संकेत गरेको छ । आगामी टि २० विश्वकपबाटै हटाउनेदेखि भविष्यमा अन्य बन्देजहरु लगाउनेसम्मका सम्भावना छन् ।

कुनै निर्णय लिनुभन्दा अघि आईसीसीले पीसीबीसँग सोध्नेछ कि भारतविरुद्धको खेल किन बहिष्कार गरियो ? यदि पाकिस्तानले सन्तोषजनक कारण दिन सकेन भने, आईसीसीले यही विश्वकप प्रतियोगिताबाट पाकिस्तानलाई प्रतिबन्ध लगाउन सक्ने बताइन्छ ।

यसअघि अष्ट्रेलिया र वेस्ट इन्डिजले १९९६ को विश्वकपमा श्रीलंकाविरुद्ध कोलम्बोमा आतंकी हमलाका कारण सुरक्षा चिन्ताले विश्वकप बहिष्कार गरेका थिए । यस्तै, इंग्ल्याण्डले २००३ को विश्वकपमा जिम्बाब्वेविरुद्ध राजनीतिक अशान्तिको कारण देखाउँदै विश्वकप बहिष्कार गरेको थियो भने न्यूजिल्याण्डले २००३ मा केन्याविरुद्ध सुरक्षा चिन्ताकै कारण विश्वकप खेल्न मानेको थिएन ।

तर, पाकिस्तानविरुद्ध भने आइसीसी नरम हुने सम्भावना छैन । उसलाई बीसीसीआईको प्रेसर पर्ने निश्चत छ । विश्वकपमा पाकिस्तानका सबै खेलहरु भारतमा नभई श्रीलंकामा आयोजना हुँदैछन् । त्यसैले सम्भवतः पाकिस्तानले भारतसँग नखेल्नुमा सुरक्षाको कारण देखाउने छैन । जे कारण देखाए पनि आइसीसीले स्वीकार्ने सम्भावना कमजोर देखिन्त ।

पीएसएलमाथि बन्देज लगाउन सक्ने

यदि बंगलादेशलाई प्रतियोगिताबाट हटाइएको कारण देखायो भने पनि आईसीसीले कारबाही गर्ने सम्भावना छ । पाकिस्तानले यदि बंगलादेशलाई समर्थन गरेमा पाकिस्तान सुपर लिग (पीएसएल)लाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भनेर आइसीसीले पहिल्यै चेतावनी दिएको थियो ।

अर्कोतर्फ पाकिस्तानले समूह चरणमा भारतविरुद्ध नखेल्ने घोषणा गरेको छ, तर यदि नकआउट चरणमा दुबै टोली आमनेसामने भए भने खेल्ने कि नखेल्ने भन्नेबारे पाकिस्तान स्पष्ट छैन ।

आईसीसीका स्रोतका अनुसार, पाकिस्तानसँग यस विषयमा जवाफ मागिनेछ । यदि जवाफ सन्तोषजनक भएन भने पीसीबीमाथि कडा कारबाही गरिनेछ ।

पाकिस्तानले सन् २०२५ मा च्याम्पियन्स ट्रफी (आईसीसीद्वारा आयोजना हुने एकदिवसीय प्रतियोगिता) को आयोजना गरेको थियो । २९ वर्षपछि पाकिस्तानले आईसीसी प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।

अब आईसीसीले भविष्यमा पाकिस्तानलाई आयोजनाको अधिकार नदिने सम्भावना छ । भारत–पाकिस्तान खेल नहुँदा आईसीसीको आम्दानी (रेभेन्यू) घट्न सक्छ । जसकारण आर्थिक क्षतिपूर्ति भराउन आईसीसीले पाकिस्तानलाई दिइने वार्षिक आम्दानीको हिस्सा पनि घटाउन सक्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ