वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक'
सरकारले काठमाण्डौको मुख्य नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीका लागि लाग्ने शुल्क दर सार्वजनिक गरेको छ ।

काठमाण्डौ । सरकारले काठमाण्डौको मुख्य नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीका लागि लाग्ने शुल्क दर सार्वजनिक गरेको छ ।

विज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने दस्तुर तोकेको हो । मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो शुल्क निर्धारण गरेको हो ।

विज्ञापन

गएको साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा हिजो राजपत्रमा दररेट प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ । नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका गाडीले काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

विज्ञापन

यस्तै मिनी बस, मिनी टिपर र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ । ठूला गाडीहरू बस/ट्रकका लागि लागि काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ ।

विज्ञापन

अत्यधिक भारवहनवाला गाडीका हकमा भने ६०० रुपैयाँ प्रवेश शुल्क र २५० रुपैयाँ बाहिरिने शुल्क निर्धारण गरिएको राजपत्रमा उल्लेख छ ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

ट्रेन्डिङ