वि.सं. २०८३ चैत्र १५ बुधवार
'हजारौँ जहाजको आवागमन हुने होर्मुजमा सीमित ट्यांकर'
पश्चिम एसियामा जारी युद्धबीच विश्वको ऊर्जा ‘लाइफलाइन’ मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवागमन ठप्प प्रायः भएको छ ।

काठमाडौं । पश्चिम एसियामा जारी युद्धबीच विश्वको ऊर्जा ‘लाइफलाइन’ मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवागमन ठप्प प्रायः भएको छ । सामान्य अवस्थामा हरेक महिना करिब तीन हजार जहाज यो मार्गबाट गुज्रन्थे । पश्चिम एसियामा युद्ध सुरु भएयता हालसम्म २१ जहाज (ट्यांकर) मात्र यो बाटोबाट पार भएका छन् ।

विज्ञापन

विज्ञका अनुसार, स्थिति चाँडै सुधार नभए विश्वव्यापी तेल आपूर्तिमा प्रतिदिन एक करोड ब्यारेलसम्मको कमी आउन सक्नेछ । होर्मुज जलमार्ग यति बेला युद्धको केन्द्र बनेको छ ।

विज्ञापन

यही मार्च १ देखि १५ का बीचमा चीनसँग सम्बन्धित ११ जहाजले यो मार्ग प्रयोग गरेका छन् । भारतले मार्च १४ मा आफ्ना झन्डावाहक दुई एलपीजी ट्यांकर जहाज सुरक्षित रूपमा यो बाटोबाट पार भएको जनाएको छ ।

विज्ञापन

एसियामा सबैभन्दा ठूलो असर

विज्ञापन

होर्मुज संकटको सिधा असर विश्वव्यापी ऊर्जा बजारमा परेको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १२० डलर पुगेको रोयटर्सले जनाएको छ ।

विज्ञापन

यस वर्ष यो लगभग ७० र गत सालको तुलनामा करिब ५० प्रतिशत बढी हो । यो संकटको सबैभन्दा ठूलो प्रभाव एसियाली देशहरूमा पर्ने सम्भावना छ ।

चीनले इरानबाट निर्यात हुने तेलको करिब ९० प्रतिशत खरिद गर्छ । र, सोही तेलबाट उत्पादित वस्तु विश्वभर निर्यात गर्छ । ऊर्जाको मूल्यवृद्धिले विश्वव्यापी मुद्रास्फीति ९महँगी० बढाउन सक्छ ।

यसबाहेक भारत, जापान र दक्षिण कोरियाजस्ता देशहरू पनि यो मार्गमा निकै निर्भर छन् । इरानसँग वार्ता गरेर स्थिति सामान्य बनाउने प्रयास जारी छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका निम्ति पश्चिम एसियामा थप अमेरिकी सैनिक तैनाथ नगरिएको स्पष्ट पारेका छन् । उनले इरानसँगको तनावबीच ह्वाइट हाउसमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटमा यस्तो बताएका हुन् ।

“मैले कतै पनि सैनिक पठाइरहेको छैन । पठाउने नै भए पनि तपाईंहरूलाई जानकारी दिने थिइनँ । तर, अहिले सैनिक पठाउने कुनै योजना छैन । हामी त्यही गर्नेछौँ, जो आवश्यक हुनेछ,” उनले भने ।

इरानको रणनीतिक पकड र नियन्त्रण

संयुक्त राष्ट्रसंघका नियमानुसार तटीय देशहरूलाई १२ नटिकल माइलसम्मको समुद्री क्षेत्रमा नियन्त्रण गर्ने अधिकार हुन्छ । होर्मुज जलसन्धिको सबैभन्दा साँघुरो हिस्सा इरान र ओमानको क्षेत्रीय जलक्षेत्रमा पर्छ । यसले इरानलाई रणनीतिक लाभ दिन्छ ।

विज्ञका अनुसार, इरानसँग समुद्री माइनहरू ओछ्याउने, तीव्र गतिका डुंगा र एन्टि–सिप मिसाइलमार्फत यो मार्ग अवरुद्ध गर्ने क्षमता छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

No data was found
यो पनि पढ्नुहोस

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

ट्रेन्डिङ