वि.सं. २०८३ चैत्र १९ आइतवार
'कैलालीमा निर्वाचन लक्षित चार अस्थायी मतदान केन्द्र घोषणा'
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत कैलाली जिल्लामा चार स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।

धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत कैलाली जिल्लामा चार स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।

विज्ञापन

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र–१ अन्तर्गत टीकापुर नगरपालिका भवन, क्षेत्र–४ अन्तर्गत गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ अन्तर्गत धनगढी उपमहानगरपालिका भवन तथा धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको हो।

विज्ञापन

कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार स्थायी मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र अस्थायी मतदान केन्द्रमा पुगेर समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने व्यवस्था गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दीलाई मतदानमा सहभागी गराउन यस्तो व्यवस्था गरिएको हो।

विज्ञापन

जिल्लाका अस्थायी मतदान केन्द्रमा ४० कैदीबन्दीसहित चार हजार १९६ मतदाता मतदानका लागि योग्य छन्। पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत मतदान गर्न पाउने स्थायी मतदाताको संख्या पाँच लाख ५१ हजार ५२ रहेको छ। जिल्लाभर २३७ मतदान स्थल तोकिएका छन्।

विज्ञापन

निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिरहेको जनाएको छ। केन्द्रबाट मतपत्रसहितका आवश्यक सामग्री जिल्ला आइपुगेका छन्। निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकार केन्द्रबाट आपूर्ति गरिने व्यवस्था मिलाइएको छ।

विज्ञापन

वडास्तरमा परिचालित मतदाता शिक्षा स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी २०६ जना प्रतिस्पर्धामा रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ