वि.सं. २०८३ चैत्र १५ बुधवार
'कञ्चनपुरमा निर्वाचन सुरक्षा कडा: ड्रोन र मदिरा प्रयोगमा पूर्ण प्रतिबन्ध'
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन कञ्चनपुरमा सुरक्षात्मक प्रबन्ध कडाइका साथ लागू गरिएको छ।

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन कञ्चनपुरमा सुरक्षात्मक प्रबन्ध कडाइका साथ लागू गरिएको छ। निर्वाचनलाई लक्षित गर्दै ड्रोन सञ्चालन र मदिरा बिक्री–वितरणमा अस्थायी प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

विज्ञापन

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार अनुमति लिएर सञ्चालनमा रहेका सबै ड्रोन फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म उडाउन पाइने छैन। कुनै व्यक्ति वा संस्थाले नियम उल्लङ्घन गरी ड्रोन प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ। मतदानभन्दा तीन दिनअघि देखि मतगणना प्रक्रिया सकिनेसम्म ड्रोनको प्रयोग पूर्णरूपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

विज्ञापन

त्यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर जिल्लाभर मदिरा बिक्री, वितरण तथा सेवनमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने जनाइएको छ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको उल्लेख गर्दै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ। प्रशासनले निर्वाचनलाई निष्पक्ष, मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

No data was found
यो पनि पढ्नुहोस

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

ट्रेन्डिङ