काठमाण्डौ । बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गर्नुभएको छ ।
विज्ञापन
प्रधानमन्त्री शाहलाई सन्देशमार्फत रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा उहाँले प्रधानमन्त्री शाह नेतृत्वको सरकारसँग रूस–नेपाल सम्बन्ध विस्तार, मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
विज्ञापन
साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको नेपालमा रहेको रूसी राजदूतावासले जनाएको छ ।
विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0