धनगढी। आगामी SEE परीक्षालाई लक्षित गर्दै धनगढीको मयुर बोर्डिङ स्कूलका कक्षा १० का विद्यार्थीहरूले संकलन गरेको रकम दृष्टि फाउन्डेसन नेपाललाई नगद तथा नास्ता सामग्रीका रूपमा हस्तान्तरण गरेका छन्। यसरी विद्यार्थीहरूले देखाएको सहकार्य, संवेदनशीलता र सामाजिक उत्तरदायित्व अत्यन्तै प्रशंसनीय ठहर गरिएको छ।
विज्ञापन
परोपकारी संस्थासँग मिलेर गरिएको सानो सहयोगले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पारेको र सामाजिक चेतना विकास गर्न मद्दत गरेको विद्यालयले जनाएको छ। यस्ता मानवीय तथा सामाजिक गतिविधिहरूले विद्यार्थीहरूमा सहानुभूति, सेवा भावना र सहयोगको संस्कार अझ बलियो बनाउने विश्वास गरिएको छ। भविष्यमा पनि यस्ता सकारात्मक कार्यहरू निरन्तर गर्दै समाजप्रति उत्तरदायी र सजग नागरिक बन्ने प्रेरणा विद्यार्थीहरूमा बढिरहोस् भन्ने आशा व्यक्त गरिएको छ।
विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
33%
😊
खुशी
0%
😢
दुःखी
33%
🤔
अचम्मित
33%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3