काठमाडौँ । विश्वका १०० प्रभावशाली व्यक्तिमा सूचीकृत भएपछि रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
विज्ञापन
बिहीबार बसेको संसदीय दलको बैठकले टाइम्स म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिमा प्रधानमन्त्री एवं संसदीय दलका नेता शाह सूचीकृत भएको अवसरमा बधाइ तथा सम्मान व्यक्त गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
विज्ञापन
पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा पारित उक्त निर्णयलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइएको बुर्लाकोटीले जानकारी दिए ।
विज्ञापन
उनका अनुसार बैठकमा सभापति लामिछानेले यस उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उचाल्नुका साथै लोकतान्त्रिक मूल्य(मान्यता, जवाफदेहिता र रूपान्तरणप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0