वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'शेरबहादुर देउवासहितका शीर्ष नेताको मार्गदर्शनमा कांग्रेस अघि बढ्छः विश्वप्रकाश'
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवासहितका शीर्ष नेताको मार्गदर्शनमा पार्टी अघि बढ्ने बताएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवासहितका शीर्ष नेताको मार्गदर्शनमा पार्टी अघि बढ्ने बताएका छन् ।

विज्ञापन

चुनाव छल्दै देउवा सिंगापुर गएकै दिन पश्चिमनवलपरासीमा बिहीबार आयोजित चुनावी सभामा शर्माले शीर्ष नेताहरूको अभिभावकत्वमा बदलिएको कांग्रेसले देशको नेतृत्व गर्ने बताए ।

विज्ञापन

अहिलेको संकट समाधान गर्न कांग्रेसले मात्रै सक्ने र त्यसका लागि सक्षम र विज्ञहरूको ‘पर्फेक्ट टीम’ सहित सरकारको नेतृत्व गर्ने उनको जिकिर छ । शर्माले सभापति गगन थापाको नेतृत्वमा अनुभवी र योग्य व्यक्तिहरूलाई समेटेर अघि बढ्ने बताए ।

विज्ञापन

‘गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौँ । उहाँको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टीमले सरकारको नेतृत्व गर्छ । प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो हैन, देश विकासका लागि सिंगो टीम आवश्यक पर्नेछ । एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन । देश बनाउन सशक्त र सक्षम टीम चाहिन्छ । त्यो टीम कांग्रेसले बनाएर अघि बढ्छ’, शर्माको भनाइ थियो ।

विज्ञापन

सबै उम्मेदवारले गरेका प्रतिबद्धता नै पार्टीको प्रतिबद्धता भएकाले त्यो पूरा हुने उनको भनाइ छ ।

विज्ञापन

‘कांग्रेसले जुन कुरा गर्न सक्छ त्यो कुरा गर्छ । अहिले उम्मेदवारहरुले गरेको प्रतिबद्धता भावी प्रधानमन्त्री गगनको पनि प्रतिबद्धता हो । त्यसैले जिम्मेवार पार्टीका हैसियतले ती प्रतिबद्धता पूरा हुन्छन् म वाचा गर्छु’, शर्माले भने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ