वि.सं. २०८३ चैत्र १५ बुधवार
'अध्यागमन सुधारका प्रयास भइरहेको गृहमन्त्रीको प्रष्टोक्ति'
गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट परेका छन्।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट परेका छन्।

विज्ञापन

राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले अध्यागनम सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिएको जानकारी दिए।

विज्ञापन

अध्यागमनसम्बन्धी विधेयकको मस्यौदामा समितिको प्रतिवेदनले औँल्याएका विषय समावेश गरिने उल्लेख गर्दै गृहमन्त्रीले भने, ‘हामी अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छौँ, समितिबाट प्राप्त सुझाव अमूल्य सम्पत्ति हुनेछन्, यी विषयलाई विधेयकमा समावेश गरी अध्यागमन सुधारसम्बन्धी कामकारबाहीलाई प्रभावकारी बनाउने व्यहोरा अनुरोध गर्दछु।’

विज्ञापन

उक्त प्रस्तावमाथिको छलफलमा सांसद नरबहादुर विष्ट, डा. वेदुराम भुसाल, युवराज शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह (गरिमा), अञ्जान शाक्य, श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा बिसी, गङ्गाकुमारी बेल्बासे, रुक्मिणी कोइराला र सुरेशकुमार आले मगरलगायतले प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकृष्ट गराए।

विज्ञापन

त्यसअघि बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९’ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।

विज्ञापन

सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सोसम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकतका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

No data was found
यो पनि पढ्नुहोस

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

ट्रेन्डिङ