धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सरकारको तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन् ।
विज्ञापन
बुधबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटघाटका क्रममा सभापति देउवाले उक्त निर्देशन दिएका हुन् । उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेता–कार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताए ।
विज्ञापन
स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको अपरिहार्यता रहेको देउवाको भनाई छ । सो अवसरमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट भएको थियो ।
विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0