वि.सं. २०८३ चैत्र १९ आइतवार
'धनगढीका दुई हजार तीन सय किशोरीलाई एचपीभी खोप लगाइदै'
कैलालीको धनगढी उपमहानगरपालिकाका २ हजार तीन सय किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ ।
फोटो: देउराली प्रेस सम्बादाता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका २ हजार तीन सय किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । माघ २७ गतेदेखि फागुन ४ गतेसम्म ‘एचपिभी’ खोप अभियान अन्तरगत सो संख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख योगेश अवस्थीले यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने बालिकालाई लक्षित गरी खोप लगाइने बताए ।

विज्ञापन

उनले कक्षा ६ मा पढ्ने, गत वर्ष ११ देखि १४ वर्ष उमेरका खोप नपाएका, स्कुलमा नजाने खोप नपाएका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने बताए । उनले यो खोप एक पटक मात्रै लगाइने भएकाले गत वर्ष लगाएकालाई लगाउन आवश्यक नभएको बताए । गत वर्ष उपमहानगरपालिकाले १० हजार १ सय ३५ किशोरी खोप लगाएको थियो । १० देखि १४ वर्ष उमेर समूहका कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइएको थियो ।

विज्ञापन

यो वर्ष खोप लगाउनका लागि १३५ वटा केन्द्र तोकिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । मंगलवार मात्रै ७०७ किशोरीलाई खोप लगाइएको उनले बताए । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ । जसमध्ये हरेक वर्ष १ हजार ३१३ जना महिलाको मृत्यु हुने अनुमान छ । महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो कारण रहेको भए पनि क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसको कारण हुने र, यसका २ सय प्रजाति भए पनि १६ र १८ बढी जोखिममा रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ