वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'विदेशमा रहेका नेपालीले भोट दिन पाउने कानुनको मस्यौदा तयार भएको गृहमन्त्री अर्यालको भनाइ'

काठमाडौँ  । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था सम्बन्धी कानुनको मस्यौदा तयार भइसकेको बताएका छन्।

विज्ञापन

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा मन्त्री अर्यालले विदेशस्थित नेपालीहरूले मतदान गर्न सक्ने व्यवस्था गर्न कानुनको मस्यौदा गरि निर्वाचन आयोगमा पठाइसकेको जानकारी दिए।

विज्ञापन

उनका अनुसार आयोगबाट प्राप्त सुझाव समेटी मस्यौदा कानुन मन्त्रालयमा पठाइएको र त्यहाँबाट सुझाव आएपछि पुनः गृह मन्त्रालयले अन्तिम रूप दिने तयारी भइरहेको छ।

विज्ञापन

मन्त्री अर्यालले भने,“कानुनको मस्यौदा गरेर निर्वाचन आयोग पठायौँ, त्यहाँबाट आएको सुझाव समेटेर कानुन मन्त्रालयमा पठाएका छौँ। कानुन मन्त्रालयले आफ्ना सुझाव पनि समेटेर गृह मन्त्रालयमा पठाउँछ।”

विज्ञापन

उनले ‘आउट अफ कन्ट्री’ र ‘आउट अफ कन्स्टिच्युन्सी’ दुई खालका माग रहेको जनाउँदै दुवै सम्भावनालाई व्यवहारिक बनाउन गृह मन्त्रालय प्रयासरत रहेको बताए।

विज्ञापन

त्यस क्रममा उनले प्राविधिक पक्षमा विशेषज्ञहरूको सल्लाहअनुसार अघि बढ्नुपर्ने बताउँदै, उचित समयमा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।

सांसदहरूले उठाएका आन्दोलनमा घुसपैठ वा अन्य स्वार्थबारेका प्रश्नमा मन्त्री अर्यालले सो विषयमा निर्वाचन आयोगले नै जवाफ दिनुपर्ने बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ