वि.सं. २०८३ चैत्र १९ आइतवार
'फ्लडलाइटको उज्यालोमा खेलाइने छ एनपीएल-२'

काठमाडौं । नेपालमा पहिलो पटक दर्शकहरूले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमुनि हुने तय भएको हो ।

विज्ञापन

एनपीएल २ एक सातापछि सुरु हुँदैछ । आज क्यानले एनपीएलको खेल तालीका सार्वजनिक गर्‍यो । तालिका अनुसार हरेक दिन दुई खेल हुनेछन्, जसमा एउटा खेल बेलुकीलाई राखिएको छ । पहिलो खेल ११ः४५ मा र दोस्रो ४ बजे सुरु हुने तालीका छ ।

विज्ञापन

अहिले साढे ५ बजेदेखि नै अँध्यारो हुने भएकाले दोस्रो म्याचका लागि फ्लडलाइट आवश्यक पर्छ । यस्तै, प्रतियोगिताका दुई क्वालिफायर, इलिमिनेटर र ग्रान्ड फाइनल पनि ४ बजे नै राखिएको छ ।

विज्ञापन

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् ।

विज्ञापन

९ खेल मात्रै फ्लड लाइटबिना हुनेछ । फ्लड लाइटमा हुने खेल दिउँसो साढे ३ र ४ बजेबाट सुरु हुने तालिका छ । फ्लड लाइटबिनाको खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

विज्ञापन

त्रिवि मैदानमा फ्लडलाइट राख्ने काम सकिएको छैन । अहिलेसम्म ४ वटा फ्लडलाइट जडान भइसकेको र बाँकी पनि ४-५ दिनभित्र जडान भइसक्ने प्रतिबद्धता प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

उनले भने, ‘बीचमा कुनै अप्रत्याशित व्यवधान आएन भने यसपालि दर्शकले फ्लडलाइनमा एनपीएल हेर्न पाउनेछन् ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ