वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प'

धनगढी । जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर गहिराइमा गएको हो । प्रारम्भिक मापन अनुसार केही तटीय क्षेत्रमा १० देखि २० सेन्टिमिटरसम्मका स–साना सुनामीका लहरहरू देखिएका थिए, तर ठूलो क्षति वा बाढीको विवरण भने अहिलेसम्म नआएको यूरोन्यूजले जनाएको छ ।

विज्ञापन

अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण समेत आएको छैन । भूकम्प गएको क्षेत्र नजिकै दुई वटा परमाणु ऊर्जा संयन्त्र रहे पनि त्यहाँ क्षति नभएको भनिएको छ । भूकम्पका कारण केही क्षेत्रहरूमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको र टोहोको शिंकान्सेन बुलेट रेल सेवा रोकिएको छ ।

विज्ञापन

अधिकारीहरूले आउँदो केही दिनमा अरु परकम्प आउन सक्ने चेतावनी दिएका छन् । जापानकी प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जालमार्फत नागरिकलाई तटीय क्षेत्रबाट टाढा रहन र सतर्क रहन आग्रह गर्नुभएको छ ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ