वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्'

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन साहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

आज काठमाडौंको सुकुमवासी बस्तीमा पुगेर भाषण गर्दै प्रसाईंले सुकुमबासी बस्ती हटाउने बालेनको योजनाको विरोध गरे । उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।’

विज्ञापन

उनले काठमाडौं सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई लेखेट्ने काम नगर्न अनुरोध गरे ।

विज्ञापन

प्रसाईंले बालेनलाई भने, ‘तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ । त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो । र, गरिबलाई लेखेट्ने काम मात्रै भो ।’

विज्ञापन

प्रसाईंंले थप भने, ‘एउटा गरिबको छोरो, एउटी गरिबकी छोरी, गरिबको के हुन्छ, घर पनि हुँदैन, जग्गा पनि हुँदैन, कि खोलाको डिलमा बस्नुपर्यो कि सडकको फुटपाथमा बस्नुपर्यो । यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईं, तपाईं लगायतको टिमले शहरलाई राम्रो बनाउने नाममा लात हानेर खेद्नुभयो । शहर खै के सुन्दर छ, जस्ताको तस्तै छ ।’

बरु बालेनको कारणले काठमाडौंमा व्यापार व्यवसाय चौपट भएको र सटरहरु बन्द हुँदै गएको प्रसाईंले बताए ।

सुकुमबासीहरुलाई भोट बैंकको रुपमा प्रयोग मात्रै गरेको तर उनीहरुको समस्या समाधान नगरेको भन्दै प्रसाईंले राजनीतिक दलहरुको पनि आलोचना गरे ।

उनले सुकुमवासी बस्ती हटाउन आउनेहरुसँग भिड्ने उदघोष समेत गरे ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ