वि.सं. २०८३ चैत्र १५ बुधवार
'उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित'

काठमाण्डौ । देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

विज्ञापन

मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि हिमपात भएपछि किसानलाई खेतीपातीका लागि लाभ मिलेको छ । यस्तै वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेपछि अत्यधिक चिसो बढेको छ । हिउँले जमिनको भित्री तह सिँचाइ हुने भएकाले किसानहरू खुशी भएका छन ।

विज्ञापन

हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्डमा जोखिम बढेपछि स्थानीय प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका निले, छुले, पाङ्दुन, सामागाउँ, साम्दो, स्याला, ल्होलगायत गाउँमा पनि गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ ।

विज्ञापन

हिउँ परेपछि स्थानीयहरू घरभित्रै बसेका छन् भने मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू सामागाउँ र साम्दोमा रोकिएका छन् । कात्तिकमै परेको यस वर्षको पहिलो हिमपातले एकातिर जनजीवन प्रभावित पारेको छ भने अर्कातिर खेतीबालीका लागि लाभदायक बनेको छ ।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

No data was found
यो पनि पढ्नुहोस

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

ट्रेन्डिङ