वि.सं. २०८३ चैत्र २१ मंगलवार
'प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै'

बैङ्कक : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

विज्ञापन

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन्। तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ।

विज्ञापन

सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ। यी सबै कार्यक्रमहरु बैङ्ककस्थित होटेल साड्ग्रिलामा हुनेछन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन्।

विज्ञापन

बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुुनेछन्। प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।

विज्ञापन
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

No data was found
यो पनि पढ्नुहोस

टाइम्स १०० मा बालेनको ‘ग्लोबल इन्ट्री’ : रास्वपाद्वारा सम्मान प्रस्ताव सर्वसम्मत

उत्कृष्ट विद्यालयका रूपमा मयूर बोर्डिङ हाई स्कूल सम्मानित

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

ट्रेन्डिङ